Identifying, avoiding and reporting illegal cheating services (Nepali) – अवैध चोरी (Cheating) सेवाहरू पहिचान गर्ने, त्याग्ने र रिपोर्ट गर्ने

अवैध चोरी सेवाहरूले शैक्षिक इमान्दारीलाई जोखिममा पार्छन् र तिनीहरूले विद्यार्थीहरूलाई अपराधीहरूसँग भेट गराउँछन्। अनुसन्धान1 ले के देखाउँछ भने यी अवैध चोरी सेवाका सञ्चालकहरूलाई विद्याथीले धेरै पैसा भुक्तानी नगर्दासम्म विद्यार्थीको चोरी बारे विश्वविद्यालय वा विद्यार्थीको भावी रोजगारदातालाई सूचित गर्ने धम्की उनीहरुले दिनेछन्। 

अष्ट्रेलियाले विद्यार्थीहरूलाई व्यावसायिक चोरी सेवाहरू र यी सेवाहरूको प्रवर्द्धनमा प्रतिबन्ध लगाएको छ। व्यावसायिक चोरी सेवा विरूद्धका कानूनहरूमा आपराधिक सजायहरू जस्तै सञ्चालकहरूलाई $100,000 सम्म जरिवाना लगायत समावेश छ।। निःशुल्क रूपमा चोरी सेवाहरू उपलब्ध गराउने मानिसहरूले पनि नागरिक अभियोगको सामना गर्नुपर्छ। यी कानूनहरूले चोरीमा संलग्न हुन यी सेवाहरू प्रयोग गर्ने विद्यार्थीहरूलाई सजाय दिँदैन तर संस्थागत अनुशासन नीतिहरू लागू भइरहने छन्।

TEQSA ले विद्यार्थीहरूलाई अवैध चोरी सेवाहरू पहिचान गर्न, त्याग्न र रिपोर्ट गर्नमा मद्दत गर्नका लागि निम्न जानकारी तयार पारेकोछ। यो जानकारी तपाईंले आफ्नो संस्थाबाट प्राप्त गर्न सक्ने कुनै पनि सुझाव प्रतिस्थापन गर्न नभई पूरक बनाउनतर्फ अभिप्रेरित छ। 

अवैध चोरी सेवा पहिचान गर्ने

Identify icon

अवैध व्यावसायिक चोरी सेवाहरूमा विद्यार्थीहरूलाई चोरी सेवाहरूको व्यापार गर्ने वा उपलब्ध गराउने वेबसाइटहरु र व्यक्तिहरु वा समूहहरू लगायत पर्न सक्छन्।

अवैध चोरी सेवाहरू– कहिलेकाहीँ करार चोरी सेवाहरू पनि भनिन्छ – ले विद्यार्थीका निबन्ध वा असाइनमेन्टहरू बिक्री गर्छन् वा विद्यार्थीको तर्फबाट कसैलाई परीक्षाहरूमा बसाल्नका लागि भुक्तानी स्वीकार गर्छन्। 

प्रायः यी सेवाहरूले 'अध्ययन सहायता' को रुपमा प्रस्ताव गरी आफ्नो व्यापारको विज्ञापन गर्छन्। यी मध्ये धेरै अवैध सञ्चालकहरूले विद्यार्थीहरूलाई विज्ञापन गरिएको 'सहायता' पहुँच गर्नका लागि अघिल्लो काम वा आफ्नो पाठ्यक्रमको सामग्री अपलोड गर्न अनुरोध गर्नेछन्। 

यी मध्ये केही अवैध सेवाहरूले सामाजिक सञ्जाल, इमेल र क्याम्पसमार्फत आक्रामक रूपमा व्यापारको विज्ञापन गर्छन्। उनीहरूले तपाईंलाई तपाईंका सामाजिक सञ्जालका पोस्टहरू मार्फत पनि फेला पार्न सक्छन्। उदाहरणका लागि, विद्यार्थीहरूले आफूले लेखिरहेको निबन्धबारे सामाजिक सञ्जालमा पोस्ट गर्न सक्छन् र त्यसपछि अवैध व्यावसायिक चोरी सेवाहरूको प्रस्ताव गर्ने खालका असङ्ख्य 'बट' सन्देशहरू प्राप्त गर्न सक्छन्।

अवैध चोरी सेवाहरू त्याग्ने

Avoid icon

अवैध चोरी सेवाहरू पहिचान गर्न कहिलेकाहीँ कठिन हुन सक्छ तर तपाईंले सधैँ निम्न कुनै पनि सेवा त्याग्नुपर्छ जसले:

  • तपाईंको निबन्ध वा असाइनमेन्ट लेख्ने वा सुधार गर्ने वा पैसाको सट्टामा तपाईंको तर्फबाट परीक्षामा बस्न मद्दत गर्ने प्रतिज्ञाहरू गर्छ। 
  • सामाजिक सञ्जाल, इमेल वा अन-क्याम्पस विज्ञापनमार्फत अनपेक्षित 'अध्ययन सहायता' को प्रस्ताव गर्छ।
  • मद्दत प्राप्त गर्नका लागि आफ्नो अघिल्लो कार्यको उदाहरण वा तपाईंको पाठ्यक्रमका सामग्रीहरू अपलोड गर्न तपाईंलाई अनुरोध गर्छ
  • तपाईंलाई आफ्ना नोट, परीक्षा वा अन्य मूल्याङ्कन सामग्रीहरू बिक्री गर्न प्रस्ताव गर्छ।

अध्ययन कठिनाइहरूको अनुभव गर्ने विद्यार्थीहरूले सधैँ आफ्नो ट्युटर वा पाठ्यक्रम संयोजकसँग कुरा गर्नुपर्छ। उनीहरूले तपाईंलाई अध्ययन सहायताको विकल्पहरूम प्राप्त गर्न र तपाईंको शैक्षिक इमान्दारीलाई सुरक्षा गर्न पनि मद्दत गर्न सक्छन्।

 सुझाव

सुझाव: अध्ययन सहायता, निबन्ध लेखन वा अन्य करार चोरी सेवाहरूको प्रस्ताव गर्ने सामाजिक सञ्जाल वा इमेलमार्फत प्राप्त गरिएका अनपेक्षित सन्देशहरू ब्लक (Block) गर्नाले तपाईंलाई अवैध चोरी सेवाहरू त्याग्न र आफ्नो शैक्षिक इमान्दारी कायम राख्न मद्दत गर्न सक्छ।

तपाईंले सामाजिक सञ्जाल नेटवर्कहरूमा शेयर गर्नु भएको जानकारीबारे सचेत रहनुहोस् र आफ्ना गोपनीयता सेटिङहरूमा विचार गर्नुहोस्। यसले तपाईंलाई अवैध चोरी सेवा सञ्चालकहरूद्वारा लक्षित हुनबाट बचाउन मद्दत गर्न सक्छ।

 

अवैध चोरी सेवाहरू बारे रिपोर्ट गर्ने

Reporting icon

TEQSA र अष्ट्रेलियाको उच्च शिक्षा प्रदायकहरूले अवैध चोरी सेवाहरू बारे गोप्य जानकारीहरु बाँड्न एकसाथ मिलेर काम गर्छन्। यसले अवैध सेवाहरूका विरूद्धमा आफ्ना नेटवर्कहरू सुरक्षित गरेर विद्यार्थीका रूचिहरू र शैक्षिक इमान्दारीको सुरक्षा गर्न संस्थाहरूलाई सहायता गर्छ।

संदिग्ध व्यावसायिक चोरी सेवा बारे कहाँ रिपोर्ट गर्ने

तपाईंको प्रदायकलाई

तपाईंले आफ्नो संस्थागत इमेल ठेगानामार्फत यदि संदिग्ध अवैध चोरी सेवाहरू प्रवर्द्धन गर्ने इमेल ठेगाना प्राप्त गर्नुहुन्छ वा आफ्नो संस्थाको नेटवर्कमा संदिग्ध चोरी साइट देख्नुहुन्छ भने, त्यसलाई आफ्नो विद्यालय वा विश्वविद्यालयमा रिपोर्ट गर्नुहोस्। तपाईंले आफ्नो क्याम्पसमा अवैध चोरी सेवाहरूलाई प्रवर्द्धन गर्ने पोस्टर, सूचना वा व्यावसायिक कार्डहरू देख्नुभयो भने पनि उनीहरूलाई सूचित गर्नुपर्छ।

TEQSA लाई

तपाईंले संदिग्ध अवैध चोरी सेवाहरू भेट्नु भयो भने, तपाईं हाम्रो अनलाइन फाराम भरेर त्यसबारे रिपोर्ट गर्न सक्नुहुन्छ।

नोटहरू

  1. योर्क, जे., सेफिक, एल., र वीरान-कोल्टन, टी (2020). करार चोरी र ब्ल्याकमेल: जोखिमपूर्ण व्यावसाय? उच्च शिक्षाको अध्ययन। (Yorke, J., Sefcik, L., & Veeran-Colton, T. (2020). Contract cheating and blackmail: a risky business? Studies in Higher Education.

शैक्षिक इमान्दारी बुझ्नु पर्दा ल्याण्डिङ पृष्ठमा फर्कनुहोस्

Last updated: