What is academic integrity? (Nepali) – शैक्षिक इमान्दारी (academic integrity) भनेको के हो?

 

शैक्षिक इमान्दारी 

शैक्षिक इमान्दारी भनेको:

शिक्षकहरु, विद्यार्थीहरु, अनुसन्धानकर्ताहरु र शैक्षिक समुदायका सबै सदस्यहरूले गर्नु पर्ने कार्यको अपेक्षा: इमानदारिता, विश्वास, निष्पक्षता, सम्मान र जिम्मेवारी।’ 

शैक्षिक इमान्दारीको उल्लङ्घन गर्नुलाई 'शैक्षिक दुराचार' वा 'शैक्षिक बेइमानी' पनि भनिन्छ।

सबै अष्ट्रेलियाली उच्च शिक्षाका विद्यार्थीहरूले आफ्नो अध्ययनको क्रममा शैक्षिक इमान्दारी कायम राख्ने अपेक्षा गरिन्छ। यदि तपाईंलाई अध्ययनमा समस्या भइरहेको छ र समाधानका लागि उनीहरूसँग काम गरिरहनुभएको छ भने, तपाईंको शैक्षिक इमान्दारी कायम राख्ने एउटा महत्त्वपूर्ण तरिका भनेको तपाईंको शिक्षकहरू वा तपाईंको विद्यालयलाई सम्पर्क गर्नु हो। 

अध्ययन र सिकाइले तपाईंको कोर्स सकिए पश्चात प्राप्त हुने अपेक्षित ज्ञान प्रदान गर्दछ तर कुनै पनि प्रकारको चोरी गर्नाले तपाईंले आफ्नो भविष्यको करियरमा सफल हुन आवश्यक पर्ने महत्त्वपूर्ण व्यावसायिक ज्ञान र अभ्यासबाट वन्चित हुन सक्नुहुन्छ।

आफ्नो प्रतिष्ठाको सुरक्षा गर्ने

विद्यार्थीहरूले अध्ययन गर्दा उनीहरू सिकाइ समुदायको हिस्सा बन्छन्। तपाईंको कोर्स वा संस्थाको शैक्षिक इमान्दारीलाई कमजोर पार्ने कार्यहरूले भविष्यमा तपाईंको प्रतिष्ठालाई असर पार्न सक्छ। उदाहरणका लागि, यदि तपाईंले आफ्नो अध्ययनको बेला चोरी गरेको भेटिनुभयो भने, पेशागत निकायहरूले तपाईंलाई सम्बन्धित बिषयमा मान्यता दिनबाट अस्वीकार गर्न सक्छन्।

अपराधीहरूलाई रोक्ने 

शैक्षिक इमान्दारी कायम राख्नाले तपाईंलाई अपराधीहरूबाट पनि सुरक्षित राख्छ।

अष्ट्रेलियामा व्यावसायिक चोरी सेवाहरू अवैध छन्।

निबन्ध किन्न, नोट अध्ययन गर्न वा परीक्षामा एकजनाको नाममा अर्कै व्यक्तिलाई सहभागी गराउन गैरकानूनी चोरीका सेवाहरू प्रयोग गर्ने विद्यार्थीहरु, ब्ल्याकमेलको जोखिममा पनि हुन्छन्। गैरकानूनी चोरी सेवाहरूका सञ्चालकहरूले विद्यार्थीले आफूलाई ठूलो रकम भुक्तानी नगर्दासम्म – कहिलेकाहीँ चोरी भएको वर्षौपछि विश्वविद्यालय वा विद्यार्थीको भविष्यका रोजगारदातालाई उनीहरूको चोरीको बारेमा जानकारी दिने धम्की दिन सक्छन्। 

शैक्षिक इमान्दारी समर्थन गर्ने व्यवहारहरू

Tick mark in jigsaw piece

तपाईं निम्न कुरा गरेर शैक्षिक इमान्दारीलाई समर्थन गर्न सक्नुहुन्छ1:

  • आफूले प्रयोग गर्नुभएको जानकारी कहाँबाट आउँछ भन्ने कुरा बताएर, स्पष्ट रूपमा उद्धृत गरेर वा स्रोतलाई उल्लेख गरेर
  • परीक्षाहरूमा आफै सहभागी भएर र आफ्नै कार्य पेश गरेर
  • सही तरिकाले अनुसन्धानका खोजहरू रिपोर्ट गरेर र अनुसन्धान नीतिहरूको पालना गरेर
  • प्रतिलिपि अधिकार र गोपनीयता कानुनहरू अनुसार, उचित रूपले जानकारी प्रयोग गरेर 
  • तपाईंले कठिनाइहरूको सामना गरिरहँदा पनि नैतिकताका साथ कार्य गरेर वा 'सही कुरा' गरेर।

यदि तपाईंलाई आफ्नो शैक्षिक कार्यसम्पादनलाई प्रभाव पार्न सक्ने समस्याहरू भइरहेको छ भने, आफ्नो शिक्षक वा ट्युटर वा कोर्स संयोजकसँग कुरा गर्नु राम्रो हुन्छ।

शैक्षिक इमान्दारीलाई कमजोर बनाउने व्यवहारहरू

Cross mark in jigsaw piece

विद्यार्थीका विभिन्न व्यवहारहरूलेशैक्षिक इमान्दारीलाई कमजोर पार्न सक्छ। कहिलेकाहीँ, विद्यार्थीहरूले यी व्यवहारहरू सामान्य छन् वा व्यवहार अनुसार परिणामहरू भोग्नु पर्दैन भनी गलत विश्वास गर्न सक्छन्। तर यो गलत हो। शैक्षिक इमान्दारी उल्लङ्घनका लागि पर्याप्त दण्डहरू लागू हुन सक्छन् (थप जानकारीका लागि तल भएको शैक्षिक इमान्दारी उल्लङ्घनका दण्डहरू हेर्नुहोस्)।

शैक्षिक इमान्दारीलाई कमजोर बनाउने वा उल्लङ्घन गर्ने व्यवहारहरूमा निम्न कुरा लगायत पर्दछन्2

बौद्धिक चोरी (Plagiarism)

कार्यको मूल स्रोत नबताइ, उद्धृत वा उल्लेख नगरी आफ्नो नभएको कार्य पेश गर्नुलाई बौद्धिक चोरी भिनिन्छ। तपाईंले यो कार्य संयोगवश वा जानाजान गरे पनि, तपाईंले तिनीहरूलाई आफ्नो बनाउनका लागि शब्दहरू हेरफेर वा कपि पेस्ट गरे पनि तपाईलाई बचाउँदैन। तपाईंले अर्को व्यक्तिका सोच र विचारहरु प्रयोग गर्दा, तपाईंले स्रोतका सामग्री उल्लेख गर्नुपर्छ।

कार्य रिसाइकल गर्ने वा पुनः पेश गर्ने

रिसाइकल गर्ने कार्यमा आफ्नो शिक्षकको अनुमतिविना पहिले नै मूल्याङ्कन गरिएको कार्य पेश गर्ने (पुनः पेश गर्ने) पर्दछ। उदाहरणका लागि, तपाईंलाई पहिलो-वर्षको कक्षामा बुझाएर ग्रेड गरिसकेको रिपोर्ट तेस्रो-वर्षको कक्षामा आफ्नो कार्यको रूपमा पेश गर्ने। तपाईं आफ्नो पहिलेको कार्यलाई निरन्तरता दिएर अघि बढ्न चाहनुहुन्छ भने, सर्वप्रथम तपाईंले यसका बारेमा आफ्नो शिक्षकसँग छलफल गर्नुपर्छ।

मनगढन्ते जानकारी

मनगढन्त कथनमा प्रयोगात्मक वा अन्तर्वार्तासम्बन्धी डाटा जस्ता अनुसन्धानमा केन्द्रित मूल्याङ्कनका कार्यहरूका लागि मनगढन्ते जानकारी बनाउने कार्य पर्दछ। यसमा गलत वा विद्यमान नभएका प्रकाशनहरू उल्लेख गरेर डाटा, प्रमाण वा उपायहरूका स्रोतहरू आविष्कार गर्ने कार्य पनि पर्दछ।

गोप्य साँठ-गाँठ

गोप्य साँठ-गाँठमा मूल्याङ्कन कार्य पूरा गर्न एक वा अन्य धेरै विद्यार्थीहरूसँग अवैध सहकार्यमा संलग्न हुने कार्य पर्छ। यो तपाईंको शिक्षकहरूद्वारा सामुहिक असाइनमेन्टहरुमा काम गर्न सेट गरिएको समूहभन्दा फरक हुन्छ। अवैध सहकार्यको उदाहरणहरूमा व्यक्तिगत काम पूरा गर्नुको सट्टा साथी वा साथीहरूका समूहसँग मिलेर निबन्ध वा रिपोर्ट लेख्न कार्य लगायत पर्दछन्। यसमा क्विज वा परीक्षाका प्रश्नहरु र उत्तरहरू साथसाथै प्रतिवेदनहरु र निबन्धहरू जस्ता लिखित असाइनमेन्टहरु अन्य विद्यार्थीहरूसँग शेयर गर्ने गायत पनि पर्न सक्छन्। अवैध सहकार्यले विद्यार्थी वा विद्यार्थीहरूका समूहलाई अरूभन्दा अनुचित रूपमा फाइदा पुर्‍याउन सक्छ। विद्यार्थीहरूले पनि आफ्नो काम अरूसँग शेयर गर्नु हुँदैन किनभने तपाईंले जोसङ्ग शेयर गर्नुहुन्छ उक्त व्यक्तिले यसलाई अवैध व्यावसायिक चोरी सेवामा अपलोड गर्न वा अरूलाई उपलब्ध गराउन सक्ने जोखिम हुन्छ। 

परीक्षामा चोरी गर्ने

परीक्षामा चोरी गर्ने कार्यमा निम्न कुरा लगायत पर्दछन्:

  • आफ्नो शरीर वा आफूसँगै परीक्षा कोठाभित्र लैजाने सामग्रीहरूमा ‘चिट नोटहरू’ लेख्ने
  • अन्य विद्यार्थीहरूबाट सार्न प्रयास गर्ने
  • परीक्षा चलिरहँदा, परीक्षा स्थानभन्दा बाहिरका अन्य विद्यार्थी वा मानिसहरूसँग कुरा गर्ने 
  • परीक्षा चलिरहँदा, परीक्षासँग सम्बन्धित जानकारीमा पहुँच गर्नका लागि इलेक्ट्रोनिक यन्त्रहरू प्रयोग गर्ने
  • परीक्षाहरूमा अनुमोदित नभएका क्याल्कुलेटर वा पाठ्यपुस्तकहरू जस्ता निषेधित वस्तुहरू ल्याउने

करारीय चोरी र प्रतिरूपण

करारीय चोरी भनेको अवैध व्यावसायिक चोरीको एक प्रकार हो। यसमा अरू कसैलाई आफ्नो कार्यको केही वा सबै पूरा गर्न लगाउने र त्यसपछि तपाईं आफैले कार्य पूरा गरे जस्तैगरी कार्य पेश गर्ने कुरा पर्दछ। यसमा अरू कसैलाई परीक्षामा तपाईंको ठाउँमा बस्न अनुरोध गर्ने वा उनीहरूलाई निबन्ध, रिपोर्ट वा केही अन्य प्रकारका असाइनमेन्ट लेख्न लगाउने कार्य समावेश हुन सक्छ जसलाई कहिलेकाहीँ 'गोस्ट-राइटिङ' रूपमा उल्लेख गरिन्छ । 

अवैध करारीय चोरी सेवाहरूलाई समर्थन गर्ने कार्यहरूलाई पनि शैक्षिक इमान्दारीको उल्लङ्घनभएको मानिन्छ। यसमा विद्यार्थीहरूले 'अध्ययनका नोटहरू' मा अभ्यास परीक्षाहरू, लेक्चरका स्लाइडहरू र असाइनमेन्टसम्बन्धी प्रश्नहरू जस्ता शिक्षण सामग्रीहरू अपलोड गर्ने कार्य पर्दछ।

शैक्षिक इमान्दारी उल्लङ्घन गर्दाको दण्डहरू

Penalties icon

विद्यार्थीहरूले शैक्षिक इमान्दारी उल्लङ्घन गरेमा विभिन्न जरिवानाहरू तिर्नुपर्ने हुन सक्छ, जसलाई सामान्यतया 'शैक्षिक दुराचार' वा 'शैक्षिक बेइमानी' भनिन्छ। प्रायः विद्यार्थीहरू विरलै समातिन्छन् भन्ने सोंचिन्छ। तापनि अहिलेसम्मको अनुसन्धानले शिक्षक तथा संस्थाहरूले शैक्षिक इमान्दारीको उल्लङ्घनहरू पत्ता लगाउन सक्छन् भन्ने देखाउँछ र गलत काम गर्ने विद्यार्थीहरू प्रकाउ पर्छन्3। र चोरीलाई प्रकाउ गर्ने तरिका निरन्तर रूपमा सुधार भइरहेको छ।

शैक्षिक इमान्दारी उल्लङ्घन गर्नुका दण्डहरू निम्न कुराहरू लगायत हुन सक्छन्:

  • मूल्याङ्कन कार्य वा अध्ययनको एकाइ दोहोर्‍याउने
  • मूल्याङ्कन कार्य, अध्ययनको एकाइ वा कोर्समा असफल हुने
  • आफ्नो संस्थाबाट निष्कासित हुने, जसले तपाईंको विद्यार्थी भिसामा प्रभाव पार्न सक्छ
  • आपराधिक आरोपहरुको सामना गर्नु पर्ने।

शैक्षिक वा आपराधिक दण्डहरूको जोखिमको अतिरिक्त, शैक्षिक इमान्दारीको उलङ्घन गरेको फेला परेमा अन्य विद्यार्थी, परिवार तथा साथीहरूसँग तपाईंको सम्बन्धमा प्रभाव पर्न सक्छ; तपाईंको भविष्य करियरमा प्रभाव पार्छ र तपाईंले आर्थिक नोक्सानको सामना गर्नु पर्नेवा तपाईंको विद्यार्थी भिसा गुमाउनु पर्ने पनि हुनसक्छ। 

मद्दत प्राप्त गर्ने

Help icon

तपाईंसँग शैक्षिक इमान्दारीको बारेमा प्रश्नहरू छन् वा अध्ययन सीपहरूको सल्लाह र सहायता आवश्यक पर्छ भने, तपाईंले आफ्नो संस्थासँग कुरा गर्नुपर्छ। तपाईंको शिक्षकहरू वा कोर्सको संयोजकबाट कुरा सुरु गर्नका लागि राम्रो हुन्छ। 

तपाईंलाई शैक्षिक इमान्दारी उल्लङ्घन गरेको भनी आरोप लगाइएको छ भने, तपाईंले यो कुरालाई गम्भीरतापूर्वक लिनुपर्छ। तपाईंको संस्थामा विद्यार्थीको अनुशासन, उजुरीहरू र अपीलहरू सम्बन्धी स्पष्ट नीतिहरु तथा कार्यविधिहरू भएको हुनैपर्छ। तपाईंले यी नीतिहरू पढ्नुपर्छ र तपाईंको संस्थामा यदि वकालत र सहायता सेवाहरू छन् भने तपाईंले आफ्नो विद्यार्थी संघबाट त्यस्ता सेवाहरुखोज्न सक्नुहुन्छ।

वेबसाइट वा सामाजिक सञ्जालमा विज्ञापन गरिएका सेवाहरू अवैध चोरी सेवाहरू हुन सक्ने भएकाले अर्को खण्ड (अवैध चोरी सेवाहरू पहिचान गर्ने, त्याग्ने र रिपोर्ट गर्ने) ले तपाईंले तिनीहरूबाट किन मद्दत स्वीकार गर्नुहुँदैन भन्ने कुरा उल्लेख गर्छ।

नोटहरू

  1. ला ट्रोब विश्वविद्यालयद्वारा तयार पारिएको सामग्रीबाट रुपान्तरित परिभाषाहरू। (Definitions adapted from material developed by La Trobe University).
  2. सिड्नी विश्वविद्यालयद्वारा तयार पारिएको सामग्रीबाट रुपान्तरित परिभाषाहरू। (Definitions adapted from material developed by The University of Sydney).
  3. डसन, पी. र सदरल्याण्ड-स्मिथ, डब्ल्यू. (2017)। के मार्करहरूले करारीय चोरी पत्ता लगाउन सक्छन्? पाइलट अध्ययनको नतिजाहरु, उच्च शिक्षामा आकलन र मूल्याङ्कन । ) Dawson, P. & Sutherland-Smith, W. (2017). Can markers detect contract cheating? Results from a pilot study, Assessment and Evaluation in Higher Education.

शैक्षिक इमान्दारी बुझ्नु पर्दा ल्याण्डिङ पृष्ठमा फर्कनुहोस्

 

Last updated: