Understanding academic integrity: Frequently asked questions (Nepali) – शैक्षिक इमान्दारी (Academic Integrity) बारे बुझ्नु पर्दा: बारम्बार सोधिने प्रश्नहरू (FAQs)

यहाँ शैक्षिक इमान्दारीबारे केही सामान्य प्रश्नहरू छन्। जवाफहरूले सामान्य जानकारी प्रदान गर्छन् र TEQSA ले विद्यार्थीहरूलाई उनीहरू र उनीहरूका परिस्थितिहरूसँग सम्बन्धित थप जानकारीका लागि आफ्नो संस्थासँग कुरा गर्न प्रोत्साहन गर्छ।

मैले चोरी (Cheating) गरेमा के म समातिने छु?

तपाईंले जे जस्तो सुन्नु भएको हुन सक्ने भए तापनि, अनुसन्धान र अनुभवले के देखाउँछ भने अष्ट्रेलियाली उच्च शिक्षा प्रदायकहरूले अवैध व्यावसायिक चोरी सेवाहरू प्रयोग गर्ने सहित बौद्धिक चोरी र ठगी गर्ने विद्यार्थीहरूलाई समातिरहेका छन्। नयाँ प्रविधि, मूल्याङ्कन डिजाइनमा परिवर्तनहरुका साथै संदिग्ध निबन्धहरु, परियोजनाहरु वा परीक्षाहरूलाई सक्रियताका साथ हेर्नका लागि तालिमप्राप्त शिक्षाविद्हरूबाट तपाईं समातिने सम्भावना पहिलेभन्दा बढी हुन्छ। 

मैले मेरो परीक्षण कार्य (Assessment) गर्न संघर्ष गरिरहेको छु। मैले कसरी मद्दत प्राप्त गर्न सक्छु?

यदि तपाईंले आफ्ना अध्ययनहरू गर्नमा कठिनाइहरूअनुभव गरिरहनुभएको छ भने, तपाईंले जतिसक्दो छिटो आफ्नो एकाइ संयोजक वा लेक्चररसँग कुरा गर्नुपर्छ। तपाईंले दोहोरो कुराकानी मार्फत आफ्नो अध्ययन पूरा गर्नमा अझ राम्रोसँग सहायता गर्ने समाधानको उपाय खोज्न सक्नुहुन्छ। तपाईंले उनीहरूले प्रस्ताव गरेका सन्दर्भ सामाग्री उल्लेख गर्ने तरीका, निबन्ध लेखन र अनुसन्धान सम्बन्धमा सल्लाह जस्तै कुनै पनि अध्ययन सीपहरूको सहायताबारे पनि आफ्नो प्रदायकसँग कुरा गर्नुपर्छ। । यी कदमहरू चाल्नाले तपाईंले शैक्षिक इमान्दारीलाई र आफ्नो विद्यालय वा विश्वविद्यालयलाई महत्त्व दिनुहुन्छ भनी देखाउँछ।

मैले वेबसाइटमा फेला पारेका केही अध्ययन नोटहरू पढ्न चाहन्थे। मैले नोटहरू पहुँच गर्नुअघि, वेबसाइटमा मैले पुरानो असाइनमेन्ट अपलोड गर्नै पर्ने रहेछ। के मैले मेरो पुरानो असाइनमेन्ट अपलोड गरेर शैक्षिक इमान्दारीको उल्लङ्घन गरें?

गर्नुभएको छ, तपाईंले आफ्नो असाइनमेन्ट शेयर (Share) गरेर सम्भावित रूपमा आफ्नो शैक्षिक इमान्दारीको उल्लङ्घन गर्नुभएको छ। अवैध चोरी सेवाहरूले प्रायः विद्यार्थीहरूलाई आफ्नो कार्य अपलोड गर्न अनुरोध गर्दछन् ताकि उनीहरुले नोटहरू, निबन्धहरू वा 'अध्ययन सहायता' प्राप्त गर्न र त्यसपछि नाफाको लागि अन्य विद्यार्थीहरूलाई बिक्री गर्छन्। तपाईंको प्रदायकले थाहा पाएमा, चोरी मिलेमतोमा संलग्न भएको कसुरमा तपाईले सजायको सामना गर्नुपर्ने हुन सक्छ। तपाईंले आफ्नो काम जोगाउनुपर्छ र कसैसँग पनि यसबारे कहिल्यै शेयर गर्नु हुँदैन वा यसलाई तेस्रो-पक्षको वेबसाइटहरूमा अपलोड गर्नु हुँदैन।

यदि मैले मेरो साथीलाई पहिले नै ग्रेड प्राप्त गरेको असाइनमेन्ट शेयर गरें भने के त्यो ठीकै हुन्छ?

हुँदैन, तपाईंको असाइनमेन्ट आफ्नो साथीसँग शेयर गर्नुलाई एक प्रकारको मिलेमतो मान्न सकिन्छ, जुन तपाईंको शैक्षिक इमान्दारीको उल्लङ्घन हो। तपाईंको साथीले अन्य विद्यार्थीहरूलाई तपाईंको काम शेयर गर्न सक्ने वा त्यसलाई अवैध चोरी सेवामा अपलोड गर्न सक्ने जोखिम पनि हुन्छ। 

तपाईंले आफ्नो काम जोगाउनुपर्छ र कसैलाई पनि कहिल्यै उपलब्ध गराउनु हुँदैन वा यसलाई तेस्रो-पक्षको वेबसाइटहरूमा अपलोड गर्नु हुँदैन।

पारिवारिक सदस्य वा साथीले मेरो निबन्धमा मद्दत गर्न प्रस्ताव गर्नुभएको छ। यो ठीक छ?

परिवारको सदस्य वा साथीले मद्दत गर्न इच्छुक हुनु राम्रो कुरा भए पनि, तपाईं सावधान हुन आवश्यक पर्छ। सरसर्ति व्याकरण तथा हिज्जे जाँच गर्न ठीक हुन्छ तर तपाईंको परिवारको सदस्य वा साथीले तपाईंको असाइनमेन्टको सामाग्री तयार पार्नमा योगदान पुर्‍याएमा वा उक्त सामग्री परिवर्तन गरेको खण्डमा यसले शैक्षिक इमान्दारीको उल्लङ्घन भएको मानिन सक्छ।

यो कुरालाई पनि ध्यानमा राख्नुपर्छ कि अष्ट्रेलियाली कानुनहरु अन्तर्गत, अवैध चोरी सेवाहरू (जस्तै: निबन्ध लेखन वा परीक्षामा एकजना विद्यार्थीको ठाउँमा अर्कै विद्यार्थी सहभागी हुनु) उपलब्ध गराउने जो कोही हुन् तर त्यस बापत भुक्तानी नपाउने भए पनि अझै भारी जरिवाना तिर्नुपर्ने हुन सक्छ।

मेरो प्रदायकले मैले शैक्षिक दुराचार गरेको छु भनी आरोप लगाउनुभयो। मैले के गर्नुपर्छ?

यदि तपाईंलाई शैक्षिक इमान्दारी उल्लङ्घन गरेको भनी आरोप लगाइएको छ भने, तपाईंले यो कुरालाई गम्भीरतापूर्वक लिनुपर्छ। तपाईंको संस्थामा विद्यार्थीको अनुशासन, उजुरीहरू र अपीलहरू सम्बन्धी स्पष्ट नीतिहरु तथा कार्यविधिहरू भएकै हुनुपर्छ। तपाईंले यी नीतिहरू पढ्नुपर्छ र तपाईंको संस्था अनुसार, तपाईं विद्यार्थी संघद्वारा प्रदान गरिएका वकालत र सहायता सेवाहरू खोज्न पनि सक्नुहुन्छ। 

मैले पढिरहेको बिषय (Course) मा मानिसहरूले चोरी गरिरहेका छन् भन्ने कुरा मलाई थाहा छ। मैले मेरा सरोकारहरू कसलाई रिपोर्ट गर्नुपर्छ?

यदि तपाईंसँग तपाईंले पढिरहनु भएको बिषयका मानिसहरूले चोरी गरिरहेका छन् भन्ने प्रमाण छ भने, तपाईंले आफ्नो विद्यालय वा विश्वविद्यालयमा सूचित गर्नुपर्छ। परिस्थितिहरू अनुसार, तपाईंले पहिले आफ्नो एकाइ संयोजक वा लेक्चररसँग आफ्ना सरोकारहरू उठाउन सक्नुहुन्छ वा थप औपचारिक च्यानलहरू मार्फत उजुरी गर्न सक्नुहुन्छ। तपाईंको संस्थाको सिकाइ व्यवस्थापन प्रणाली (LMS), विद्यार्थीको हातेपुस्तिका वा वेबसाइट, जानकारी खोज्ने राम्रो स्थान हो।

के चोरीले मेरो भावी करियरमा प्रभाव पार्न सक्छ?

पार्न सक्छ, कुनै पनि प्रकारको चोरीले तपाईंको भावी करियरमा ठूलो र नकारात्मक प्रभाव पार्न सक्छ। धेरै विद्यार्थीहरूले आफ्ना करियर लक्ष्यहरू हासिल गर्न आवश्यक पर्ने जानकारी र सीपहरूबारे सिक्न अध्ययन गरिरहेका छन्। तपाईंले आवश्यक कार्य आफैले नगरेर यदि समातिनु भएन भने पनि, तपाईं आफ्नो भावी रोजगारदाताद्वारा अपेक्षा गरिएका स्तरहरू पूरा गर्न सक्नुहुन्न। र यदि तपाईं चोरी गर्ने क्रममा समातिनुभयो भने, तपाईले पढ्नु भएको बिषय सम्बन्धित व्यावसायिक संस्थाद्वारा तपाईंलाई दर्ता गर्नबाट अस्वीकार गर्न सक्छ। तपाईंले उनीहरूलाई धेरै पैसा भुक्तानी नगर्दासम्म तपाईंको रोजगारदातासँग तपाईंको चोरीको खुलासा गर्ने भनी तपाईंलाई धम्काउने खालका अवैध चोरी सेवासँगै ब्ल्याकमेल (Blackmail) को जोखिम पनि भइरहन्छ। 

मैले कसैलाई मेरो काम गरे बापत् भुक्तानी गरें र अहिले उनीहरूले थप पैसा भुक्तान नगरेको खण्डमा मेरो संस्थालाई बताउने भनी थप पैसाको माग गरिरहेका छन्। मैले के गर्नुपर्छ?

कुनै व्यक्तिले पैसा भुक्तान नगर्दासम्म सो व्यक्तिलाई नकारात्मक परिणामहरूका साथ धम्काउनुलाई ब्ल्याकमेल भनिन्छ। ब्ल्याकमेल अवैध छ तर दुर्भाग्यवश, केही विद्यार्थीहरूले आफूलाई अवैध चोरी सेवाहरूद्वारा र चोरीमा संलग्न भएपछि साथीहरु, सङ्गै पढेका विद्यार्थीहरु वा परिवारका सदस्यहरूबाट पनि ब्ल्याकमेल गरिएको पाइएको छ। मागहरू पूरा गर्नका लागि धेरैजसो एकपटक भुक्तान गरेर मात्र हुँदैन, उनीहरूले धेरैभन्दा धेरै पैसा माग्न सक्छन्। यो ब्ल्याकमेल गर्ने व्यक्तिका मागहरूका अतिरिक्त तिनीहरूको संस्थान वा रोजगारदाताले पत्ता लगाएमा त्यसको परिणामहरूका बारेमा पनि चिन्तित भएका विद्यार्थीहरूका लागि धेरै तनावपूर्ण अवस्था हुन सक्छ।

यदि तपाईंलाई ब्ल्याकमेल गरिएको छ भने, तपाईंले आफ्नो अवस्थाका बारेमा सुझाव खोज्नुपर्छ। केही संस्थाहरूसँग स्वतन्त्र विद्यार्थी वकालत वा कानुनी सेवाहरू हुन्छन् जहाँ तपाईंले गोपनीय सुझाव प्राप्त गर्न सक्नुहुन्छ। सामुदायिक कानुनी केन्द्रहरूले पनि तपाईंलाई सुझाव प्रदान गर्न सक्छन्। तपाईंले के भएको छ भन्ने बारे सम्भाव्य प्रमाणको रूपमा आफूले प्राप्त गरेका सबै सन्देशहरूको प्रतिलिपि राख्नुपर्छ। 

तपाईंले आफ्नो संस्थामा तपाईंको चोरीको रिपोर्ट आफै गर्ने निर्णय लिन सक्नुहुन्छ। आफै रिपोर्ट गर्नुको एउटा ठूलो फाइदा भनेको तपाईंलाई रिपोर्ट गर्ने धम्की दिने व्यक्तिले तपाईंमाथिको आफ्नो शक्ति गुमाउने छ। अर्को फाइदा भनेको गल्तीबाट सिक्न सक्षम हुनु हो र तपाईंले इमान्दारिताका साथ काम गर्नुभयो भनेर आफ्नो डिग्री पूरा गर्न सक्षम हुनु हो। तर पनि, तपाईंले आफ्नो संस्थाले नीतिहरु तथा कार्यविधिहरू अनुसार समस्या समाधान गर्ने अपेक्षा गर्नुपर्छ, जसको अर्थ चोरीको प्रकृतिको आधारमा शैक्षिक जरिवाना वा सो भन्दा बढी जरिवानाको सामना गर्नु पर्ने हुनसक्छ।

डेकिन युनिभर्सिटी विद्यार्थी संघद्वारा तयार पारिएको जानकारीबाट रूपान्तरित

शैक्षिक इमान्दारी बुझ्नु पर्दा ल्याण्डिङ पृष्ठमा फर्कनुहोस्

Last updated: